SHAREHUB SHAREHUB

जेनजी आन्दोलन: सम्झौतापछि पनि रिहा नभएकाले सम्पर्क गर्नु भन्दै सुदनले गृहमन्त्रीको नम्बर सार्वजनिक गरे

Advertisement Ads
जेनजी आन्दोलन: सम्झौतापछि पनि रिहा नभएकाले सम्पर्क गर्नु भन्दै सुदनले गृहमन्त्रीको नम्बर सार्वजनिक गरे
Advertisement Ads

द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारले जेनजी आन्दोलनबारे सम्झौता गरेको भए पनि प्रहरीले सहभागीविरुद्ध मुद्दा चलाउन नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।

गुरुङका अनुसार भदौ २३ र २४ को आन्दोलनमा पक्राउ परेर रिहा हुन नसकेकाका परिवारहरूले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीसँग सम्पर्क गर्न सकून् भनी मोबाइल नम्बर सार्वजनिक गरिएको हो।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ। राजपत्रमा समेत प्रकाशित सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ।

तर गुरुङले आरोप लगाएका छन् कि सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने वाचा गर्दै पनि जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको छ।

download 7 https://bajarkochirfar.com/gen-z-movement-sudan-releases-home-ministers-number-asking-people-to-contact-them-as-they-are-not-released-even-after-the-agreement | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स