instainsta

भदौ २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमै बरुण हाईड्रोपावरको सेयर किन्न पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २३ गते
भदौ २९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमै बरुण हाईड्रोपावरको सेयर किन्न पाइने
AdvertisementAds

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २ लाख ३८ हजारभन्दा बढी अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। सो क्रममा आवेदन नपरेका २ लाख ३८ हजार ४४३ कित्ता सेयर भदौ २९ गतेदेखि लिलामीमा बिक्री गर्न लागिएको हो।

उक्त सेयर खरिदका लागि जो–कोही व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदन दिन न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि खरिद प्रस्ताव पेश गर्न सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले आरविवि मर्चेन्ट बैंकिङसहित राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू—विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर (संखुवासभा), खादबरी र धरान—बाट आवेदन दिन सक्नेछन्। बोलपत्र आवेदन बुझाउने अन्तिम मिति असोज १२ गते तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स