असार २३ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने

असार २३ गतेदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर किन्न पाउने

सन नेपाल लाइफ इन्स्योरेन्सले २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। तीमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहका लागि र १ लाख ४४ हजार ५०६ कित्ता सर्वसाधारणका लागि छन्।

कम्पनीले यी सबै सेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्रीमा राखेको हो। संस्थापक समूहतर्फका सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउने छन् भने, सर्वसाधारण समूहतर्फका सेयरमा भने जो–कोहीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने बाँकी निस्किएको सम्पूर्ण कित्ताका लागि वा सो संख्या १० ले भाग जाँदा निस्कने कित्तासम्म दिन सकिनेछ।

यस लिलामीको आवेदन असार २३ गतेदेखि असार ३० गतेभित्र पेश गर्नुपर्नेछ। आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको ठमेलस्थित कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय तथा कम्पनीका बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।

sun nepal auction https://bajarkochirfar.com/from-asad-23-the-general-public-will-be-able-to-buy-shares-of-sun-nepal-life-insurance-for-just-rs-100-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स