चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्ममा नेपालको विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २५.९ प्रतिशतले वृद्धि भएको हो।
२०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ मात्र थियो। वर्तमान सञ्चितिले १७.६ महिनासम्मको वस्तु आयात र १४.७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा हेर्दा विदेशी मुद्रा सञ्चिति २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड डलर पुगेको छ। २०८१ असार मसान्तमा यो १५ अर्ब २७ करोड डलर रहेको थियो।
विदेशी विनिमय सञ्चितिको ठूलो हिस्सा राष्ट्र बैंकमा छ। राष्ट्र बैंकमा २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। गत वर्षको असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँबाट बढेर २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँमा पुगेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया