चालु आर्थिक वर्षको १० महिनामा (साउनदेखि वैशाखसम्म) देशको विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार, गत वर्ष असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको सञ्चिति यस वर्ष वैशाख मसान्तसम्ममा २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा हेर्दा, यो सञ्चिति २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ। यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकमा मात्रै २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँको सञ्चिति छ। बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ सञ्चिति छ। भारतीय मुद्राको अंश पनि कुल सञ्चितिमा २१.२ प्रतिशत रहेको
,
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया