उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २६ गते
उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट हुने

नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष पदका लागि फेरि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ । महासंघको विधान संशोधनका लागि मंगलबार बसेको विशेष साधारणसभाले हालको वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएपछि हुने निर्वाचनमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने प्रस्ताव पास गरेको हो ।

यसअघि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुँदा बेथिति बढेको र बढि खर्चिलो भएको भन्दै सो व्यवस्था हटाएर वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने र ऊ नै पछि स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने हालको व्यवस्थाअनुसार अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

२०७३ सालमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान ल्याएको महासंघले अहिले फेरि विधान संशोधन गर्नुले निजी क्षेत्रको प्रमुख प्रतिनिधिमूलक संस्था पद्दतीभन्दा पनि व्यक्तिलक्षित बन्न पुगेको देखिन्छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेको भवानी राणालाई अध्यक्ष बनाउन बिधान नै संशोधन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स