नेपाल धितोपत्र बोर्डसँग विन नेपाल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्तले र बुटवल पावर कम्पनी एफपीओ निष्काशन अनुमति मागेका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारण पुँजी संरचना ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्नुपर्छ। यी कम्पनीहरूले यही कानूनी प्रावधान पूरा गर्न एफपीओ जारी गर्न लागेका हुन्।
बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनीले प्रतिकित्ता २०६.३० रुपैयाँमा १ करोड कित्ता एफपीओ बिक्रीका लागि अनुमति मागेको छ। कम्पनीले यसबाट २ अर्ब ६३ करोड रुपैयाँ बराबरको पुँजी जुटाउने योजना बनाएको छ।
विजय लघुवित्त
विजय लघुवित्तले १०० रुपैयाँका दरले कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गर्न अनुमति मागेको छ। कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यािपटल लिमिटड रहेको छ ।
नेशनल लघुवित्त
नेशनल लघुवित्त वित्तीय संस्थाले १०० रुपैयाँका दरले ६ लाख ६९ हजार ९०० कित्ता एफपीओ बिक्री गर्न बोर्डमा अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
विन नेपाल लघुवित्त
विन नेपाल लघुवित्तले १०० रुपैयाँका दरले ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गर्न अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्तले पनि १०० रुपैयाँमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ बिक्री गर्न अनुमति मागेको छ। कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया