अर्थमन्त्री पौडेलले भने, “कर छली रोक्न र दायरा विस्तार गर्न हामी गम्भीर भएर काम गर्दैछौँ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
अर्थमन्त्री पौडेलले भने, “कर छली रोक्न र दायरा विस्तार गर्न हामी गम्भीर भएर काम गर्दैछौँ”

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रणालीलाई आधुनिक बनाउने, कर नीतिहरूमा सुधार गर्ने, करको दायरा विस्तार गर्ने र कर छलीलाई निरुत्साहित गर्ने काममा सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्।

‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ आयोजित लेखा व्यवसायीहरूको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले सार्वजनिक वित्त व्यवस्थापनमा सुधार र आधुनिकीकरणको आवश्यकता औंल्याए।

उनले सुशासन, पारदर्शिता, र स्रोतहरूको अधिकतम तथा उच्चतम प्रयोगका लागि राष्ट्रले ठूलो अपेक्षा राखेको उल्लेख गर्दै, ती अपेक्षाहरू पूरा गर्न लेखा व्यवसायीहरूबाट थप प्रभावकारी र संगठित प्रयास हुने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स