एभरेष्ट बैंक लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थी (Management Trainee) पदका लागि कर्मचारी माग गरेको छ।
इच्छुक उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवसाय प्रशासन, वित्त, कम्प्युटर एप्लिकेशन, मानव संसाधन वा सो सरहको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी न्यूनतम ६०% (पहिलो श्रेणी) वा ३.२५ CGPA हासिल गरेको हुनुपर्नेछ। मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।
आवेदन दिने मितिको अन्तिम दिनसम्म उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ। उत्कृष्ट अंग्रेजी तथा नेपाली भाषा ज्ञान, कम्प्युटर सञ्चालनमा दक्षता र बैंकिङ अनुभव भएकालाई प्राथमिकता दिइनेछ। छनोट भएका उम्मेदवारलाई व्यवस्थापन प्रशिक्षार्थीका रूपमा तालिम प्रदान गरिनेछ र अन्ततः जुनियर अफिसर पदमा नियुक्त गरिनेछ। लिखित परीक्षा, समूह छलफल र अन्तर्वार्ताका आधारमा योग्य उम्मेदवार छनोट गरिनेछ।
आवेदन चैत २३, २०८१ (अप्रिल ५, २०२५) सम्म दिन सकिनेछ। इच्छुक उम्मेदवारले www.kumarijob.com/ebl मा गई “Apply Now” मा क्लिक गरी आवेदन दिन सक्नेछन्।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया