होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले कोभिड–१९ महामारीपछिको आर्थिक शिथिलताले नेपालगञ्जमा होटल व्यवसायी सङ्कटमा पर्दै गएको बताए। ‘महिनामा मुस्किलले एक–दुई दिन मात्रै भरिभराउ हुन्छ, अरू दिन खाली नै हुने अवस्था छ,’ अध्यक्ष खड्काले भने, ‘यसले घरभाडा, ऋण, ब्याज र कर्मचारीको खर्च थेग्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपर्ने बाध्यता आएको छ।’
नेपालगञ्जमा न्यूनतम रु दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो सङ्ख्यामा मध्यमस्तरका होटल सञ्चालनमा छन्। मध्यमस्तरका होटल बन्द हुँदा सयौँ नागरिकको रोजगारी गुमेको अध्यक्ष खड्काको भनाइ छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले सङ्घीयताको कार्यान्वयनसँगै नेपालगञ्जमा रहेका प्रदेशस्तरका सरकारी तथा गैरसरकारी कार्यालय बुटवल र दाङतर्फ स्तानान्तरण भएपछि यहाँ व्यापारिक चहलपहलमा कमी आएको बताए। आर्थिक सङ्कटमा पर्दै गएको होटल व्यवसायलाई लक्षित गरेर प्रदेश र स्थानीय सरकारले राहतको ‘प्याकेज’ ल्याउनुपर्ने उनको भनाइ छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया