भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डियाको संयुक्त आयोजनामा हुने यो प्रदर्शनीको चौथो संस्करण भोलि (भदौ १३) देखि १५ गतेसम्म सञ्चालन हुनेछ।
नेपाल विद्युत् प्राधिकरण र नेपाल सौर्य विद्युत् उत्पादक संघ प्रदर्शनीका सहयोगी संस्थाको रुपमा रहनेछन्। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टल रहने अपेक्षा गरिएको छ जहाँ अत्याधुनिक ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा कन्ट्रोल डिभाइस, हाउस वायरिङ सामग्री, तार, केबुल, कन्डक्टर, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरणसमेत प्रदर्शित गरिनेछ।
आयोजकका अनुसार मुलुकमा बढ्दो जलविद्युत् उत्पादनलाई प्रभावकारी रूपमा खपतमा ल्याउने, ऊर्जा क्षेत्रलाई सबल बनाउन तथा विद्युतीय व्यवसायीको व्यापार प्रवर्द्धन गर्न प्रदर्शनी आयोजना गरिएको हो। साथै, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा ल्याई नवीनतम प्रविधि र उपलब्धिबारे जानकारी आदान–प्रदान गर्ने प्रदर्शनीको प्रमुख उद्देश्य रहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया