निर्वाचन अपडेट : मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव

मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान गर्दै उनले आफ्नो योग्य जनप्रतिनिधि चयन गर्न मताधिकार प्रयोगको अवसर नगुमाउन आग्रह गरे । मुख्यमन्त्री यादवले सहज, सुरक्षित र विवेकपूर्ण ढङ्गले अभिमत जाहेर गरी देशको भविष्य निर्माणमा योगदान गर्न अपिल गरे ।

यसैबीच, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटका चार निर्वाचन क्षेत्रका ५४१ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स