नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।
यसअघि अपराह्न बसेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। सिफारिसमा प्रा. डा. विश्वनाथ पौडेल, कार्यबाहक गभर्नर नीलम ढुंगाना तिम्सिना, र पूर्व सचिव दिनेश भट्टराईको नाम परेको थियो। तीमध्ये मन्त्रिपरिषद्ले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय लिएको हो।
यस नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि कायम रहेको नेतृत्वको अन्यौल अन्त्य भएको छ। पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएपछि गभर्नरको पद रिक्त रहँदै आएको थियो। सत्ता साझेदार दलहरूबीचको लामो रस्साकस्सीपछि बल्ल राष्ट्र बैंकले स्थायी नेतृत्व पाएको हो।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त नियुक्ति औपचारिक रूपमा जानकारी गराएका हुन्।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया