मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट यसअघि प्रस्ताव गरेको लाभांश संशोघन गरेको छ । यस कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थाले सेयरधनीलाई १४.२८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

















प्रतिकृया