डिप्रोक्स लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
डिप्रोक्स लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता ?

डिप्रोक्स लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ७०.८१ प्रतिशतले बढेर ४३ करोड २१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ४०.६५ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज १६ करोड ४० लाख रुपैयाँबाट बढेर २५ करोड ९१ लाख रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.४१ प्रतिशतबिन्दुले बढेर ८.६६ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: हाथवेको नाफा साढे ७ करोडबाट घटेर ४ करोडमा, अरु सूचक कस्ता ? | BAJARKO CHIRFAR

समीक्षा अवधिमा लघुवित्तले २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको भने वितरणयोग्य नाफा ३६ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ७ पैसा बढेर ३० रुपैयाँ ८४ पैसा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स