हाथवेको नाफा साढे ७ करोडबाट घटेर ४ करोडमा, अरु सूचक कस्ता ?
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.६७ प्रतिशतले घटेर ३ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेसँगै नाफा पनि घटेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५७.२४ प्रतिशतले घटेर १० करोड रुपैयाँमा आएको छ भने कुल आम्दानी ५६.४२ प्रतिशतले घटेर १० करोड २ लाख रुपैयाँमा आएको छ। यता कम्पनीको कुल खर्च पनि ४४.१७ प्रतिशतले घटेर १० करोड ४४ लाख रुपैयाँबाट ५ करोड ८३ लाख रुपैयाँमा आएको छ।
यो पनि पढ्नुहोस्: आईपीओ ल्याउने तयारीमा रहेको स्वस्तिक लघुवित्त नाफामा | BAJARKO CHIRFAR
चुक्ता पूँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ६२ लाख र फेर भ्यालु रिजर्भ ५१ करोड ५७ लाख रुपैयाँ रहेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसाले घटेर १ रुपैयाँ ८५ पैसामा आएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ७८ रुपैयाँ ३३ पैसा रहेको छ।