क्रेस्ट माइक्रो लाइफको आइपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
क्रेस्ट माइक्रो लाइफको आइपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइन्छ ?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले फागुन २६ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सेयर बिक्री नभएमा निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ। त्यस्तै, इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत आइपीओ भर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स