instainsta

नेपाल बैंकका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
नेपाल बैंकका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
AdvertisementAds

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आरोप अनुसार, बैंकमार्फत ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिएको पाइएपछि उनीहरूमाथि कानुनी कारबाही थालिएको हो।

आरोपितहरूमा डा. चन्द्रबहादुर अधिकारीसँगै ‘लक्की’ उपनामले चिनिने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल, र बालकृष्ण भुसाल रहेका छन्।

उनीहरूविरुद्धको मुद्दा रूपन्देहीको सिद्धार्थनगर–१, बेलहिया स्थित भुसाल हस्पिटालिटी अन्तर्गतको रेडिसन प्रोजेक्ट को एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ७६७ रुपैयाँ ऋण प्रक्रिया सम्बन्धी घुसकाण्डसँग जोडिएको हो। परियोजनाका अध्यक्ष बालकृष्ण भुसाल र उनका छोरा तथा सेयर सदस्य अंकित भुसालले ऋणका लागि प्रक्रिया अघि बढाएका थिए।

यस प्रक्रियामा तत्कालीन अध्यक्ष अधिकारीले बारम्बार फोन र ह्वाट्सएपमार्फत समन्वय गरेको अख्तियारले जनाएको छ। भदौ ३० गते अधिकारीले ऋण प्रक्रिया सहज गरिदिने सर्तमा रकम मागेका थिए। सोही अनुसार प्राइम बैंकको चेक अधिकारीलाई दिइएको थियो, जुन उनले राकेश थापामार्फत सटही गरेका थिए।

त्यस्तै, १२ लाख रुपैयाँ अनन्या इन्टरप्राइजेजमार्फत अधिकारीले लिएको प्रमाण भेटिएको अख्तियारको भनाइ छ। उक्त रकम अंकित भुसालले आफ्ना बुबासँग मागेर अनन्या इन्टरप्राइजेजको खातामा जम्मा गराएका थिए। पछि सो रकम शारदा गुप्ता र रिंकु गुप्ताले उठाएर सामानको रूपमा लक्की खान (खुस नसिब अन्सारी) लाई पठाएका थिए।

अख्तियारको अनुसन्धानअनुसार, लक्की खानले प्राप्त १९ लाख रुपैयाँ पुनः अधिकारीलाई बुझाएको प्रमाण भेटिएको छ। त्यसबापत चेक सटही, रकम ट्रान्सफर विवरणलगायतका कागजातहरू २०८१ माघ २३ गते अधिकारीकै घरबाट बरामद गरिएको बताइएको छ।

यसरी ऋण प्रक्रियामा भ्रष्टाचार गरी घुस/रिसवत लिएको पुष्टि भएपछि अख्तियारले सम्बन्धित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स