SHAREHUBSHAREHUB

पतञ्जली जग्गा प्रकरणमा सनराइज बैंकका १४ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
AdvertisementAds
पतञ्जली जग्गा प्रकरणमा सनराइज बैंकका १४ कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर
AdvertisementAds

पतञ्जली योगपीठले काभ्रेको साँगामा हदबन्दीभन्दा बढी ५५४ रोपनी जग्गा किनेर कानुनविपरीत बिक्री गरेको प्रकरणमा तत्कालीन सनराइज बैंक मुछिएको छ। अख्तियारले बैंकका तत्कालीन सीईओ किशोर महर्जनसहित १४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

केहीलाई ‘मतियार’ का रूपमा र केहीलाई मुख्य दोषीसरह १८ करोड ५८ लाख बिगो कायम गर्दै प्रतिवादी बनाइएको हो। हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा प्रवाह गरेको आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको छ। सो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ।

हाल उक्त सनराइज बैंक लक्ष्मी बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक बनेको छ।

 

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स