पतञ्जली योगपीठले काभ्रेको साँगामा हदबन्दीभन्दा बढी ५५४ रोपनी जग्गा किनेर कानुनविपरीत बिक्री गरेको प्रकरणमा तत्कालीन सनराइज बैंक मुछिएको छ। अख्तियारले बैंकका तत्कालीन सीईओ किशोर महर्जनसहित १४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
केहीलाई ‘मतियार’ का रूपमा र केहीलाई मुख्य दोषीसरह १८ करोड ५८ लाख बिगो कायम गर्दै प्रतिवादी बनाइएको हो। हदबन्दीभन्दा बढी जग्गा धितो राखी कर्जा प्रवाह गरेको आरोपमा उनीहरूमाथि कारबाही अघि बढाइएको छ। सो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको छ।
हाल उक्त सनराइज बैंक लक्ष्मी बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक बनेको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया