सहमहामन्त्रीको छोराले रक्सी चोरीको आरोप प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसको चुनौती

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १४ गते
सहमहामन्त्रीको छोराले रक्सी चोरीको आरोप प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेसले आफ्ना सहमहामन्त्रीको छोरा रक्सी चोरीमा संलग्न भएको आरोप प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उक्त आरोप पुष्टि गर्न वा नभए माफी माग्न लिङ्देनलाई आग्रह गरे।

“१२ गते संसदको सुरुको दिनमा राप्रपाका अध्यक्षज्युले चैत १५ गते भाटभटेनीमा भएको लुटपाटमा सत्तारूढ दलका सहमहामन्त्रीको छोरा संलग्न रहेको र त्यसको भिडियो प्रमाण आफूसँग भएको दाबी गर्नुभएको थियो,” घिमिरेले भने, “तर सहमहामन्त्री भन्ने प्रचलन कांग्रेसमा मात्र छ, अरू दलमा छैन। त्यसैले कुन सहमहामन्त्रीको छोरा रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? त्यो प्रमाणित गर्न आग्रह गर्दछु । होइन भने उहाँले क्षमायाचना गर्नुपर्छ शब्द फिर्ता लिनुपर्छ । व्यक्तिगत र सामूहिक रूपमा पार्टीलाई लान्छना लाउन पाइँदैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स