सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ। सभा पुस २६ गते कालिमाटी ब्याङ्क्वेट, कालिमाटी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावमाथि निर्णय हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन्।
कम्पनीले यस पटक सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव भने गरेको छैन। त्येसैले यसपाली सिटी होटल लिमिटेडका लगानीकर्ताको हात खाली हुनेछ ।
















प्रतिकृया