चिलिमे हाइड्रोपावरको नाफा ६८ करोड, विद्युत बिक्री आम्दानीमा सामान्य बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
चिलिमे हाइड्रोपावरको नाफा ६८ करोड, विद्युत बिक्री आम्दानीमा सामान्य बढ्यो

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ०.१६ प्रतिशतले बढेर ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ०.८१ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३.६१ प्रतिशतले बढेर ८५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय आम्दानी भने १६.७० प्रतिशतले घटेर १३ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रत्यक्ष खर्च १३ करोड १७ लाख रुपैयाँ, रोयल्टी खर्च १३ करोड ४६ लाख रुपैयाँ, कर्मचारी खर्च ३ करोड १८ लाख रुपैयाँ, प्रशासनिक खर्च २ करोड ८९ लाख रुपैयाँ र ह्रासकट्टी खर्च ८ करोड ७६ लाख रुपैयाँ रहेको छ।

८ अर्ब ७८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ६८ करोड रुपैयाँ छ। कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ८४ करोड रुपैयाँ र कुल चालु दायित्व १२ करोड १८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ पैसाले घटेर ७ रुपैयाँ ७४ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५९ पैसा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १३५ रुपैयाँ ९ पैसा, तरलता अनुपात २३.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ६०.७० गुणा कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स