मन्त्रिपरिषद्को बैठक बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्ने तय भएको छ। बैठकका लागि प्रधानमन्त्री ओलीले आह्वान गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा भारत–पाकिस्तानबीचको तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने छ। सत्तारुढ दलभित्र भागबण्डा नमिलेकै कारण गभर्नर नियुक्ति अहिलेसम्म हुन सकेको छैन।
आजको बैठकमा गभर्नर काँग्रेसको भागमा नपरे देउवा कठोर हुने र सरकार छोड्नेसम्मको तयारी भएको बुझिएको छ ।
















प्रतिकृया