बोटलर्स नेपाल (तराई)ले बुक क्लोज मिति तोक्यो, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

बोटलर्स नेपाल (तराई)ले बुक क्लोज मिति तोक्यो, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने ?

बोटलर्स नेपाल (तराई) लिमिटेडले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा होटल र्याडिसन लाजिम्पाट, काठमाडौंमा दिउँसो १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१-८२ सम्मका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स