महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस सेयर चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो।
बैंकको उक्त बोनस सेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको बैंकले जनाएको छ। साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सो गरेपछि बोनस सेयर स्वतः डिम्याट खातामा पठाइने बैंकले जानकारी दिएको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गरेको थियो। जस अनुसार, पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्र बोनस सेयर प्राप्त गरेका छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया