विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार स्वः पूँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सा सुनिश्चित गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।
लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता सेयर निष्काशन गर्नेछ। लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्ने छन्। यदि सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि २०८२ बैशाख ४ गतेसम्म लम्बिन सक्छ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सम्म आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘CARE NP Single B Issuer Rating’ प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत, ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)




![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया