सर्वसाधारणका लागि भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

सर्वसाधारणका लागि भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकिएको छ।

दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स