instainsta

भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापना गर्दै भाटभटेनी समूह, शिलान्यास सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापना गर्दै भाटभटेनी समूह, शिलान्यास सम्पन्न
AdvertisementAds

भाटभटेनी समूहले विशेष आर्थिक क्षेत्र (SEZ) भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापना गर्न लागेको छ। व्यवसायी उमेश श्रेष्ठसहितको टोलीले बुधबार भूमिपूजासहित उद्योगको शिलान्यास गरेको हो।

समूहका अध्यक्ष मीनबहादुर गुरुङको उपस्थितिमा गरिएको शिलान्यास कार्यक्रममा, भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (COO) पानु पौडेलले यो परियोजनाले समूहको व्यापारिक विविधिकरणमा नयाँ आयाम थप्ने बताए। “यस परियोजनाले नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सन्देश पनि दिएको छ,” पौडेलले भने।

करिब १,२०० जनालाई रोजगारी दिने लक्ष्य लिएको उद्योगले मुख्यतया स्थानीय जनशक्ति परिचालन गर्नेछ, जसले सो क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने उद्योगमा अत्याधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा, स्वच्छ वातावरण व्यवस्थापन, एक मेगावाटभन्दा बढी सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारणको व्यवस्था गरिनेछ।

उद्योगले भाटभटेनी स्टोरहरूमार्फत स्थानीय तथा अन्तर्राष्ट्रिय बजारका लागि तयारी पोशाक उत्पादन गर्नेछ। पौडेलका अनुसार, “यो परियोजना स्थानीय उत्पादन, बजारीकरण र रोजगारी वृद्धिको रणनीति विस्तार गर्ने मात्र होइन, नेपालका औद्योगिक नीतिहरू सुदृढ हुँदै गएको संकेत पनि दिनेछ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स