“नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुरको सल्लाघारीस्थित तीनकुने खुल्ला चौरमा आयोजित हुने भएको छ। महोत्सव चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म संचालन हुनेछ।
महोत्सवमा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य सामाग्री, खाद्यान्न, भाडाकुडा, लत्ताकपडा, जुत्ता, कृषि र हस्तकलाका सामाग्री बिक्रीका लागि राखिनेछन्। औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटोमोबाइल, आधुनिक कृषि औजार, र मोबाइल तथा इलेक्ट्रोनिक्स सामानहरूको प्रदर्शनी पनि हुनेछ।
साना बालबालिकाहरूसँग सम्बन्धित विशेष गतिविधिहरू, जस्तै बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ र विभिन्न खेलौना स्थलहरू सञ्चालन गरिने छन्। साथै, रोटे पिङ्ग, रेनजर, मारुती सर्कस जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना हुनेछ। महोत्सवमा स्थानिय खाना महोत्सव, पर्यटकीय गतिविधि, र राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती हुनेछन्।
महोत्सव स्थलमा १ सय ५० स्टल रहनेछन्, र सामानहरूमा २०% देखि ५०% सम्म छुट दिइनेछ। प्रवेश शुल्क रु ५० र रु ८० राखिएको छ, र विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ। भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेका वासिन्दाहरू महोत्सवबाट लाभ लिन सक्नेछन्।
महोत्सवको विषयवस्तु ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि प्रगतिको श्रोत’ हुनेछ, र यसलाई नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा आयोजना गरिएको हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया