विद्युत बिक्री आम्दानी बढ्दा भगवति हाईड्रोको नाफा बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
विद्युत बिक्री आम्दानी बढ्दा भगवति हाईड्रोको नाफा बढ्यो

भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ५ प्रतिशतले बढेर ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानीमा वृद्धि हुनुका कारण नाफा बढेको हो। चौथो त्रैमाससम्ममा बिद्युत बिक्रि आम्दानी ९.४४ प्रतिशतले बढेर १५ करोड ६६ लाख रुपयाँ पुगेको छ भने, कम्पनीको कुल आम्दानी ६.०७ प्रतिशतले बढेर १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको कुल सञ्चालन खर्च १.६६ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा आएको छ भने गैरसञ्चालन खर्च १४.८८ प्रतिशतले बढेर ३ करोड ६७ लाख रुपैयाँ रहेको छ।

भगवति हाईड्रोपावरको चुक्ता पूँजी ५९ करोड ४९ लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार १२ करोड १२ लाख रुपैयाँ पुगेको छ।हाईड्रोपावरको कुल चालु सम्पत्ति २१ करोड ६८ लाख रुपैयाँ, र कुल चालु दायित्व ९३ लाख ७३ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ३८ पैसा कायम भएको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स