बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन: पूर्वप्रधानमन्त्री खनाल

बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन: पूर्वप्रधानमन्त्री खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँग सीमा विवादबारे संसदमा दिएको अभिव्यक्तिलाई कडा आलोचना गरेका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै खनालले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई ‘खतरनाक र राष्ट्रविरोधी’ भन्दै आपत्ति जनाएका हुन्। उनका अनुसार यस्तो अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न योग्य हुँदैन।

खनालले उक्त भनाइले ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामा चोट पुगेको दाबी गर्दै माफी नआएसम्म व्यापक विरोध र भर्त्सना गर्न सबै देशभक्त नागरिक तथा शक्तिहरूलाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, “राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन।”

साथै, खनालले प्रधानमन्त्री शाहले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रश्न उठाउँदै यसलाई गम्भीर विषयका रूपमा व्याख्या गरेका छन्। उनले संसदमा दिएको उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन पनि आग्रह गरेका छन्।

Screenshot 2026 06 01 120456 https://bajarkochirfar.com/balen-shah-is-not-suitable-to-sit-in-the-prime-ministers-chair-former-prime-minister-khanal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स