instainsta

शोधनान्तर ४ खर्ब ९१ अर्बले बचतमा, चालु खातामा पनि उल्लेखनीय सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २४ गते
शोधनान्तर ४ खर्ब ९१ अर्बले बचतमा, चालु खातामा पनि उल्लेखनीय सुधार
AdvertisementAds

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ ।

प्रकाशित तथ्यांकअनुसार शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा हेर्दा पनि शोधनान्तरमा सुधार देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्षको सोही अवधिमा ३ अर्ब ६२ करोड डलर पुगेको छ। शोधनान्तर बचतले अर्थतन्त्रमा विदेशी मुद्रा भित्रिने दर बाहिरिनेभन्दा बढी रहेको संकेत गर्छ।

त्यस्तै, चालु खातामा पनि उल्लेखनीय सुधार भएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ। समीक्षाअवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब ३८ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरको हिसाबमा यो वर्ष चालु खाता २ अर्ब २६ करोड डलरले बचतमा रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो १ अर्ब ५१ करोड डलर थियो।

समीक्षाअवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ४६ करोड रुपैयाँ थियो। त्यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ११ अर्ब ९ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो ८ अर्ब २४ करोड रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स