एशियन लाइफ इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २२ गते
एशियन लाइफ इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २२ देखि असोज ५ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको बाँडफाँड सम्पन्न गरेको छ।

कम्पनीले संस्थापक समूहका ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहका ३ लाख २८ हजार ४३७.९१ कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको थियो।

बिक्री अवधिमा प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरू असोज १० गते खोलिएका थिए भने बाँडफाँड कार्य असोज २० गते बिक्री प्रबन्धक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडको सञ्चालक समितिद्वारा सम्पन्न गरिएको हो।

बाँडफाँडको अन्तिम मूल्य (कटअफ प्राइस) संस्थापक समूहतर्फ १०५.५० रुपैयाँ र सर्वसाधारण समूहतर्फ ४२२.५० रुपैयाँ कायम भएको छ। कम्पनीका अनुसार उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको हो।

यस्तै, बाँडफाँडमा नपरेका आवेदनकर्ताहरूको रकम असोज २२ गते (आजदेखि) सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स