बोआओ फोरमले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा एसियाको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान गरिएको छ। जुन सन् २०२४ मा यो दर ४.४ प्रतिशत थियो। ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनअनुसार एसियाको जीडीपी अनुपात विश्वको कुल जीडीपीमा सन् २०२४ मा ४८.१ प्रतिशत थियो, जुन सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
बढ्दो विश्वव्यापी आर्थिक अस्थिरता भए पनि एसिया नै विश्व अर्थतन्त्रको लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । यसैगरी, सन् २०२५ मा एसियाको बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ, जुन विश्वको औसत बेरोजगारी दर (४.९६ प्रतिशत) भन्दा कम हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया