प्रधानसेनापतिले बैठकमा दुर्गा प्रसाई र रास्वपालाई समावेश गर्न खोजेपछि, जेनजी टोली बाहिरियो

प्रधानसेनापतिले बैठकमा दुर्गा प्रसाई र रास्वपालाई समावेश गर्न खोजेपछि, जेनजी टोली बाहिरियो

प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसँग भएको भेटमा व्यवसायी दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहलाई समेत वार्तामा सहभागी गराउनुपर्ने विचार राखेका छन्।

वार्ताको लागि सेना मुख्यालय पुगेकी जेनजी प्रतिनिधि रक्षा बमले फेसबुकमा सेनापतिलाई उद्धृत गर्दै लेखेकी छन्, “दुर्गा प्रसाई र रास्वपा पनि आन्दोलनका स्टेकहोल्डर हुन्, उहाँहरूसँग पनि छलफल गर्नु उपयुक्त हुन्छ।”

तर जेनजी टोलीले सो प्रस्ताव अस्वीकार गरेको छ। प्रतिनिधि रक्षा बमले फेसबुकमा,

 “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनेसकेपछि, जेन जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौं।” लेखेकी छन्

542982832 790826176739674 8247141674790017747 n https://bajarkochirfar.com/after-the-army-chief-tried-to-include-durga-prasai-and-the-rashtriya-swayamsevak-sangh-rss-in-the-meeting-the-genji-team-walked-out | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स