नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (साउन ६) गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ। कम्पनीले १० बराबर ३४.७८३ को अनुपातमा कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको थियो। त्यसअघिसम्म, अर्थात् जेठ २९ गतेसम्म नेप्सेमा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन २६ गतेसम्म तोकिएको छ। इच्छुक सेयरधनीहरूले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयसहित पोखरा (चिप्लेढुङ्गा), बुटवल (ट्राफिकचोक), वीरगंज (आदर्शनगर) र विराटनगर (गोल्छाचोक) स्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)

प्रतिकृया