नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आज असोज २ गतेदेखि आवेदन दिन सकिने भएको छ। बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर बिक्री खुला गरेको हो। यसअनुसार बैंकले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता, अर्थात २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको छ।
हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। आवेदनका लागि ग्लोबल आइएमई बैंकको भुमही (नवलपरासी) शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयसहित यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ। साथै, आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मार्फत सी–आस्बा प्रणाली र मेरो सेयर पोर्टलबाट पनि आवेदन दिन सकिनेछ।
सेयरधनीहरूले यस हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन्। यसका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो, जसअनुसार भदौ ८ गतेसम्म कायम सेयरधनी मात्र आवेदनका लागि योग्य हुनेछन्।




















प्रतिकृया