जेनजीको अर्को समूहले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अघि सारे

जेनजीको अर्को समूहले अन्तरिम सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अघि सारे

हालको राजनीतिक संकट समाधानका लागि जेन–जीको समूह जेन–जी नेपालले विज्ञप्ति जारी गर्दै अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यता, जेनजी भित्र एकता कायम हुन सकेको छैन। विभिन्न समूहले आ–आफ्नै प्रेस विज्ञप्ति जारी गरिरहेका कारण आन्दोलनको साझा धारणा अझै स्पष्ट हुन सकेको छैन।

प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई योग्य उम्मेदवारका रूपमा उठाइए पनि उनले यस प्रक्रियामा रुचि नदेखाएका कारण विकल्प खोजिएको समूहले उल्लेख गरेको छ। त्यस्तै, हर्क साम्पाङको नाममा पनि छलफल भए पनि सबैलाई नेतृत्व गर्ने सम्भावना न्यून देखिएको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा केही समर्थन भए पनि संविधानअनुसार न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा समेत नाघेकाले उनको नाम अस्वीकृत गरिएको हो।

यसपछि सबै पक्षबीच सकारात्मक सहमति बनेर कुलमान घिसिङलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा अघि सार्ने निर्णय गरिएको जेन–जी नेपालले जनाएको छ।

543691896 796653309409918 1424395006195060274 n https://bajarkochirfar.com/another-group-of-genjis-put-forward-kulman-ghising-as-the-leader-of-the-interim-government | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स