नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २० गते
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
AdvertisementAds

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष डा. आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

परिषद्को अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रिया पूरा भएपछि सरकारले डा. आलमलाई अध्यक्षमा नियुक्त गरेको जनाएको छ।

शपथ ग्रहणपछि मन्त्री निशा मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्न निर्देशन दिइन। साथै, औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा परिषद्ले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स