थाइल्याण्डबाट फर्किएपछि परराष्ट्रमन्त्री राणाले भनिन्, “सरकार परिवर्तनको हल्ला मात्रै हो”



Advertisement
Ads

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेकी छन्। थाइल्याण्ड भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्ता समाचार केवल हल्ला मात्रै भएको बताइन्।

उनले भनिन्, “सरकार परिवर्तन गर्न त नेपालमै बसेर गर्नुपर्ने हुन्छ, विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन। हामी पनि यी समाचार पढेर छक्क पर्‍यौं।”


Advertisement

यसै सन्दर्भमा, समाचार सार्वजनिक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बिहीबार बेलुका टेलिफोन संवाद भएको समेत परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन्।

थाइल्याण्ड भ्रमणको क्रममा सभापति देउवाको कुनैपनि विदेशी अधिकारी वा नेतासँग भेटघाट नभएको आरजुले दाबी गरिन्। गत ७ वैशाखमा थाइल्याण्ड गएका देउवा दम्पती शुक्रबार स्वदेश फर्किएका हुन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर