SHAREHUB SHAREHUB

उज्यालो नेपालसँग एकीकरणपछि रास्वपाले बुझायो समानुपातिकको सूची

Advertisement Ads
उज्यालो नेपालसँग एकीकरणपछि रास्वपाले बुझायो समानुपातिकको सूची
Advertisement Ads

प्रणालीअन्तर्गतको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। रास्वपाले गएराति ११० जना उम्मेदवारको सूची आयोगमा दर्ता गराएको हो।

सूचीअनुसार आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम लामा रहेका छन्। त्यसपछि क्रमशः खुश्वु सरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा, डा. मनोहर प्रधान, ज्ञानेन्द्र मल्ल, मिलन लिम्बू, विश्व राई र धर्मलाल तामाङ छन्।

आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो नम्बरमा परेकी छिन्। त्यसपछि गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, त्रिशला गुरुङ, सिर्जना श्रेष्ठ र रजनी श्रेष्ठ सूचीमा छन्।

खस आर्य पुरुषतर्फ विपिनकुमार आचार्य पहिलो नम्बरमा छन्। उनीपछि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने, रमेश प्रसाईं, अनुपकुमार उपाध्याय र अरनिकोकुमार पाण्डे क्रमशः सूचीमा समावेश छन्।

खस आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा परेकी छिन्। त्यसपछि विदुषी राणा, लिमा अधिकारी, श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला र क्रान्तिशिखा धिताल छन्।

Advertisement Ads

थारू पुरुषतर्फ सुरेन्द्र चौधरी पहिलो नम्बरमा छन्। उनीपछि सोमप्रसाद चौधरी र प्रेमलाल चौधरी छन्। थारू महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा छिन् भने उर्मिला चौधरी, करिष्मा कठरिया र बालिका चौधरी सूचीमा छन्।

दलित पुरुषतर्फ रुपक विश्वकर्मा पहिलो नम्बरमा परेका छन्। त्यसपछि प्रकाश सपुत, प्रकाशचन्द्र परियार, रामजी खेम, सोजन विके, किशोर गन्धर्व र अरविन्दकुमार राम छन्। दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा रहेकी छिन्। उनीपछि अमृता विके, सीता वादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, गिर्जादेवी मल्लिक, तारा विश्वकर्म र खिमा विक सूचीमा छन्।

मधेशी पुरुषतर्फ डा. नन्दन यादव पहिलो नम्बरमा छन्। त्यसपछि खगेन्द्र कर्ण, पुरुषोत्तम यादव, डा. अभिषेकराज सिंह, डा. सुधन झा, देवनारायण मण्डल र डा. रञ्जित पंजियार छन्। मधेशी महिलातर्फ पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा परेकी छिन्। उनीपछि डा. ललिता कमारी, डा. अंकिता ठाकुर, निशा मेहता, मनिषा कुमारी, कामिनी कुमारी र ममता शर्मा सूचीमा छन्।

मुस्लिम पुरुषतर्फ आशिफ शाह पहिलो नम्बरमा छन् भने अर्का उम्मेदवार मिर्जा रसिद बेग रहेका छन्। मुस्लिम महिलातर्फ समिना मिया पहिलो, मोहना अन्सारी दोस्रो र समिउन निशा तेस्रो स्थानमा छन्।

रास्वपाले २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ १३ सिट गरी कुल २१ सिट जितेको थियो।

Raswopa Suchi 1 1767057778 https://bajarkochirfar.com/after-merging-with-ujjaya-nepal-the-rashtriya-swayamsevak-sangh-rss-submitted-its-list-of-proportional-representation-candidates | %tags Raswopa Suchi 2 1767057778 https://bajarkochirfar.com/after-merging-with-ujjaya-nepal-the-rashtriya-swayamsevak-sangh-rss-submitted-its-list-of-proportional-representation-candidates | %tags Raswopa Suchi 3 1767057779 https://bajarkochirfar.com/after-merging-with-ujjaya-nepal-the-rashtriya-swayamsevak-sangh-rss-submitted-its-list-of-proportional-representation-candidates | %tags Raswopa Suchi 4 1767057779 https://bajarkochirfar.com/after-merging-with-ujjaya-nepal-the-rashtriya-swayamsevak-sangh-rss-submitted-its-list-of-proportional-representation-candidates | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स