दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन र ङादी ग्रुप पावर लिमिटेडको  हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।

नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सोमबार अन्तिम कारोबार मूल्य १५४९ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १३५५.८० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2 12 2024 155940 www.nepalstock.com .np https://bajarkochirfar.com/adjustment-of-the-share-price-of-two-companies-at-what-time-will-the-business-open | %tags
त्यस्तै, ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो ।समायोजन पश्चात यसको मूल्य २८९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2 12 2024 16657 www.nepalstock.com .np https://bajarkochirfar.com/adjustment-of-the-share-price-of-two-companies-at-what-time-will-the-business-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स