लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न विभागका लागि चार्टर्ड एकाउन्टेन्ट पदमा आवेदन खुला गरेको छ। बैंकले वित्त, लेखा तथा ट्रेजरी, जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण तथा ऋण विभागका लागि योग्य चार्टर्ड एकाउन्टेन्ट (जुनियर अफिसर/अफिसर/सिनियर अफिसर) पदमा केही संख्यामा कर्मचारी माग गरेको छ।
यसका लागि ICAN वा ICAI वा अन्य मान्यता प्राप्त संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट पूरा गरेको हुनुपर्ने छ। साथै बैंक तथा वित्तीय संस्थामा १–२ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
त्यस्तै, सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट (सिनियर असिस्टेन्ट/सुपरभाइजर/जुनियर अफिसर) पदमा पनि केही जनशक्ति माग गरिएको छ। यसका लागि ICAN वा ICAI को CAP II परीक्षा उत्तीर्ण गरी आर्टिकलसिप प्रशिक्षण पूरा गरेको हुनुपर्ने र १–२ वर्षको अनुभवलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।
इच्छुक उम्मेदवारले भदौ १८ गते राति १२ बजेभित्र बैंकको करियर (पोर्टल)मा गएर अनलाइन आवेदन दिन सक्नेछन्।


प्रतिकृया