बाँदर हेर्ने सरकारी जागिर खुल्यो, कति पाइन्छ तलब ?

बाँदर हेर्ने सरकारी जागिर खुल्यो, कति पाइन्छ तलब ?

बाँदरको बढ्दो उपद्रोका कारण किसानलाई कृषि बाली जोगाउन कठिनाइ हुन थालेपछि डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। बाँदरबाट अत्यधिक प्रभावित जिल्लाका २६ क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापनका लागि कार्यालयले आवेदन आह्वान गरेको हो।

कार्यालयले प्रारम्भिक चरणमा २० जना ‘बाँदर हेरालु’का लागि दरखास्त मागेको छ। आवश्यकता र कामको चापअनुसार यो संख्या थपघट हुन सक्ने जनाएको छ।

आवेदन दिन सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।

सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरिसकेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ। छनोट भएका हेरालुले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन्।

नियुक्त भएका हेरालुको मुख्य जिम्मेवारी बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने तथा बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखेर वडा कार्यालय र डिभिजन वन कार्यालयलाई जानकारी गराउने हुनेछ।

यसका साथै, बाँदरलाई कुनै क्षति नपुर्‍याई वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ फर्काउने जिम्मेवारी पनि उनीहरूले नै निर्वाह गर्नेछन्।

752698817 2135051007430586 7691442835436826162 n OWHA8HNicZ https://bajarkochirfar.com/a-government-job-has-opened-for-monkey-watchers-how-much-is-the-salary | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स