SHAREHUB SHAREHUB

ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका पनि छोड्न नपाउने

Advertisement Ads
ओली र लेखकसहित ५ जनालाई विदेश जान रोक, अनुमतिबिना उपत्यका पनि छोड्न नपाउने
Advertisement Ads

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमण रोक लगाइएको छ। न्यायिक जाँचबुझ आयोगले भाद्र २३ र २४ गतेका जेन-जी आन्दोलनमा अस्वाभाविक बल प्रयोग भएको ठहर गर्दै उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो।

विदेश जान रोकिएका अन्य तीन जना पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल हुन्। आयोगले उनीहरूलाई उपत्यकाबाहिर जान पनि आफ्नै स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

आयोगको निर्णयमा भनिएको छ, अनुसन्धानका क्रममा ती व्यक्तिहरूलाई कुनै पनि समयमा उपस्थित हुनुपर्ने भएकाले स्वीकृतिबेगर उपत्यका बाहिर जान नपाउने गरी सम्बन्धित निकायमा पत्राचार गरिएको छ।

निर्णय सार्वजनिक भइरहेकै बेला ओलीले एमाले सचिवालय बैठकको अध्यक्षता गरेका थिए। उनले केही दिनअघि मात्रै सरकारप्रति असन्तुष्टि जनाउँदै “यो सरकार हाहुबाट बनेको” टिप्पणी गरेका थिए।

त्यस्तै, आयोगले आफ्नो काम प्रभावकारी बनाउन विज्ञसहितको थप जनशक्ति माग गर्दै गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय पनि गरेको छ।

Advertisement Ads

aayog zRhkDrYcN2 https://bajarkochirfar.com/5-people-including-oli-and-the-writer-are-prohibited-from-traveling-abroad-and-they-are-not-allowed-to-leave-the-valley-without-permission | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स