नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारले आज आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार प्रस्तुति दिनेहरूमा चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, र हेमन्त बस्याल रहेका छन्। अब सिफारिस समितिले यी उम्मेदवारहरूमध्ये तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। अन्ततः मन्त्रिपरिषद्को निर्णयअनुसार एक जनालाई सीईओको रूपमा नियुक्त गरिनेछ।
नेप्सेको नयाँ सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले फागुन १२ गते दरखास्त आह्वान गरेको थियो। प्रारम्भिक समयसीमाभित्र आवेदन नपरेपछि म्याद थप गर्दै फागुन २५ सम्म पुर्याइएको थियो। अन्तिम समयसम्म १० जनाले आवेदन दिएका थिए, जसमा हाल सर्टलिस्टमा परेका उम्मेदवारसहित युवराज दाहाल, प्रवीण अधिकारी, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, र मुकुन्दराज जोशी पनि प्रतिस्पर्धामा थिए। यसअघि नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि उक्त पद रिक्त छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया