instainsta

सात महिनामै ४ लाख ३३ हजार करदाता थपिए, करदाता बढे पनि सरकारको आम्दानी लक्ष्यअनुसार वृद्धि हुन सकेन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
सात महिनामै ४ लाख ३३ हजार करदाता थपिए, करदाता बढे पनि सरकारको आम्दानी लक्ष्यअनुसार वृद्धि हुन सकेन
AdvertisementAds

नेपालमा करको दायरा विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म ४ लाख ३३ हजार ७०३ नयाँ करदाता थपिएका छन्। यो संख्यासँगै स्थायी लेखा नम्बर (PAN) लिएका करदाताको कुल संख्या ६६ लाख ५९ हजार ८३६ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख २६ हजार ३३० करदाता थपिएका थिए।

हालसम्म जारी स्थायी लेखा नम्बरमध्ये ३०.२ प्रतिशत व्यावसायिक स्थायी लेखा नम्बर, ०.५ प्रतिशत करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र ६९.३ प्रतिशत व्यक्तिगत स्थायी लेखा नम्बर रहेका छन्। मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका करदाताको संख्या ३ लाख ४१ हजार ७१६ पुगेको छ भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २३ हजार १३२ पुगेका छन्।

करदाता उल्लेख्य रूपमा बढे पनि सरकारको आम्दानी लक्ष्यअनुसार वृद्धि हुन सकेको छैन। सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, चैत ८ सम्म कुल लक्ष्यको केवल ५१ प्रतिशत अर्थात् ७ खर्ब ३७ अर्ब मात्र संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। यस अवधिमा सरकारको बजेट घाटा १ खर्ब रुपैयाँ नाघिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स