अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताएका छन् ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले कुनै निकायबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित ऐन संशोधन गर्न लागिएको जानकारी दिए । अर्थमन्त्री पुनले प्रस्तावित विधेयक संविधानसँग बाझिएको छैन, संविधानको मूल गति र भावनाअनुरुप नै रहेको बताए ।
सुरक्षित कारोबार ऐन, २०६३ पहिलादेखि नै कार्यान्वयनमा रहेकाले संशोधनकारुपमा आएको विधेयकमाथि सांसदको आठ समूहले २८ विषयमा संशोधन हालेका थिए । उक्त संशोधनमाथि सशोधनकर्तासगँ आजै समितिले राय, सुझाव र परामर्श लिएको थियो ।




















प्रतिकृया