विदेश भ्रमण र शिक्षामा सात महिनामा बाहिरियो १ खर्ब १२ अर्ब
चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट विदेश भ्रमण र शिक्षाका लागि १ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो अवधिमा भ्रमणका लागि ४८ अर्ब ७७ करोड रुपैयाँ, अध्ययन तथा शिक्षाका लागि ६४ अर्ब १५ करोड रुपैयाँ, र स्वास्थ्य सेवाका लागि ३६ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च ३ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो, भने शिक्षाका लागि ६६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो।