स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु १ हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)




प्रतिकृया